काठमाडौं– प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ।
नयाँदिल्लीमा रहेका ओली र मोदीबीच बिहान पौने १२ बजे भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तामा द्विपक्षीय हितका बारेमा महत्वपूर्ण छलफल हुने बताइएको छ।
प्रधानमन्त्रीको रुपमा मोदीको दोश्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली १६ जेठमा दिल्ली पुगेका थिए।
ओली हिँजो बेलुकी भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए। मोदीसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम छ।
दोस्रो कार्यकालका लागि मोदीले बहुमतसहित सरकार निर्माण गरेकाले नेपालसँग यसअघि भएको सम्झौता कार्यान्वयनका विषयमा कुराकानी हुने छ। यसअघि नेपालसँग सम्झौता भएका तर कार्यान्वयन हुन नसकेका एजेन्डाहरुमा छलफल गरि कामको गति दिने प्रधानमन्त्री ओलीको सोच रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।