डडेल्धुरा– बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ सुर्मागाँउमा एक महिलाको विभत्स हत्या भएको छ।
जिल्लाको सुर्मा गाँउपालिका ४ का लछिचन्द पुजारकी श्रीमती २५ बर्षिया जुना पुजाराको हसियाले घाँटी रेटी हत्या भएकोे प्रहरीले जनाएको छ। उनको हत्या सुर्मा गाँउपालिका ४ कै अन्दाजी ३५ बर्षका लोकेन्द्र पुजाराले गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीले जानकारी दिए।
मादक पदार्थ सेवन गरि महिलाको हत्या गरेको बुझिएको उनको भनाइ छ। मृतक र हत्या अभियोग लागेका पुजार छिमेकी हुन्। घरायसी विबादका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ। पुजारालाई नियन्त्रण लिएर थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।