काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा रक्षा मन्त्री भीमसेनदास प्रधानले शेरबहादुर देउवाले पार्टी सभापतिबाट राजीनामा दिनु पर्ने बताएका छन्। ‘पराजयबारे तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्छ,’ उनले भने, प्रतिनिधि तथा प्रदेशसभामा पार्टीले नराम्रो हार बेहोरेकाले यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्छ।’
नेतृत्वको बोलीमा परिवर्तन हुन नसक्नु, तराईका दललाई मिलाउन नसक्नु, पार्टीका तर्फबाट कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्न नसक्नुजस्ता कारण पार्टीले पराजय भोग्नुपरेको उनको भनाई छ। प्रधान काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।