काठमाडौं– चुनाव सकिएलगत्तै नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता तथा कार्यकर्ताहरु छुटेका छन् । चुनावविरोधी गतिविधिमा लागेको भन्दै देशभरीबाट सो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले करिब ६ सय १५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जसमध्ये करिब ५ सय सोमबारसम्म छुटेका छन् । सार्वजनिक अपराध मुद्दा चलाइएका अधिकांश नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका छन् । गम्भीर प्रकृतीको मुद्दा चलाइएकाहरु थुनामै छन् । प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी मनोज न्यौपानेका अनुसार चुनावविरोधी गतिविधिमा संलग्नहरु केही थुनामै छन् भने केही छुटेका छन् ।
चुनावविरोधी हिंसात्मक घटना बढाउदै लगेपछि गृह मन्त्रालयले सो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर थुन्न निर्देशन दिएको थियो । चुनावभरी उनीहरुलाई थुनामै राख्ने सुरक्षा निकायहरुको रणनीति थियो । सोहीअनुसार चुनाव सकिएलगत्तै उनीहरु छुटेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।