चितवन- चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा पराजित उम्मेदवार विक्रम पाण्डेले प्रतिस्पर्धी पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन्।
विजयको प्रमाणपत्र वितरण समारोहमा आफ्ना निकटतम प्रतिस्पर्धी प्रचण्डलाई उनले आगामी कार्यसफलताको शुभकामना दिए।
भरतपुरमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले विजयीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। सो क्रममा प्रचण्डले अब नेपाल राजनीतिक अस्थिरता र अराजकताको युगबाट राजनीतिक स्थायित्व, विकास र समृद्धिको नयाँ युगतर्फ प्रवेश गरेको बताए।
राप्रपा प्रजातान्त्रिकबाट उम्मेदवार बनेका पाण्डे प्रचण्डसँग ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।