कञ्चनपुर – कञ्चनपुर ३ मा प्रतिष्पर्धा रोचक बन्दै गएको छ । वाम गठबन्धनका उम्मेदवार दिपकप्रकाश भट्टले कांग्रेसका चर्चित नेता रमेश लेखकलार्इ २ सय ३१ मतले पछि पारेका छन् । दिपकप्रकाशले २३ हजार ४३ मत ल्याएका छन् । लेखकले २२ हजार ८ सय १२ मत ल्याएका छन् । दिपकप्रकाशले सुरुदेखि नै लेखकलार्इ पछि पारेका थिए तर अहिले मतान्तर घट्दै गइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।