पर्सा- सशस्त्र प्रहरीको टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट बिहिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ईलाम जिल्लाको आईतबारे घर भई हाल काठमाडौँ महानगरपालिका-९ सिनामंगल बस्ने १९ वर्षीय रोहन बस्नेत छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा शरीरमा टेपले बाँधेर लुकाएर ल्याउँदै गरेको अवस्थामा नोफिन २१ वटा, डाईनोल्याव २८ वटा र फेनारगन ३४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका निज बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।