काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमरले शिष्टाचार भेटवार्ता गरेका छन्।
बिहिबार सैनिक मुख्यालय जंगी अड्डामा थापा र राजदूतबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालये जनाएको छ।
नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।