काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु-
१) भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली प्रस्थान, शुक्रबार स्वदेश फर्किने
२) पहिलो र दोस्रो संविधानसभाका सभासद राष्ट्रपतिबाट सम्मानित, राष्ट्रपति भण्डारीदेखि प्रधानमन्त्री ओलीसम्मलाई पदकसहित सम्मान
३) कतार भिसा सेन्टर : कामदारमाथि १४ हजार आर्थिक भार थपिँदै, सरकार नै सिन्डिकेट भित्र्याउने खेलमा
४) आर्सनललाई पराजित गर्दै चेल्सीले जित्यो युरोपा लिगको उपाधि, ४-१ गोल अन्तरले हराउँदै दोस्रो पटक उपाधि
५) र, इजरायलमा निर्वाचन सकिएको एक महिनामै संसद् विघटनको निर्णय, अर्को निर्वाचन सेप्टेम्बर १७ मा हुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।