काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको छ। बिहीबार भएको उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य दिएको छ।
लन्डनस्थित ओभलमा टस जितेको दक्षिण अफ्रिकाले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन जोड्यो।
इंग्ल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याट्सम्यान वेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए। उनले ७० बलमा ९ चौका हिर्काए। ओपनर जासन रोएले ५४ रनको बनाए। उनले ५३ बलमा ८ चौका हिर्काए। अर्का ओपनर जोन बिस्ट्र भने शून्यमा आउट भए। उनलाई इनिङको दोस्रो बलमा दक्षिण अफ्रिकाका इमरान ताहिरले आउट गरे।
जोए रुटले ५९ बलमा ५१ रन र कप्तान इयान मोर्गानले ५७ रन बटुले। जोस बटलर १८ रनमा आउट हुँदा मोइन अलीले ३ रन मात्र जोड्न सके। क्रिए ओएक्सले १३ रन बनाए भने लियाम प्लुङकेटले नटआउट ९ रन र जोफ्रा आर्चरले नटआउट ७ रन बटुले।
बलिङमा दक्षिण अफ्रिका लुङ्गी एनगिडीले ३ विकेट लिए। इमरान ताहिर र कागिसो राबाडाले २–२ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।