स्याङ्जा– स्याङ्जा २ प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार पद्मा अर्यालको अग्रता कायम छ। ताजा मतगणना अनुसार एमालेकी अर्यालले ७ हजार २ सय ३९ मत प्राप्त गरेकी छिन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले ५ हजार ९ सय ३२ मत ल्याएका छन्। उनीहरुबीच १३ सय ७ मतको अन्तर छ।
प्रदेशसभातर्फ एमालेले फराकिलो अग्रता लिएको छ। प्रदेश क मा एमालेका नारायण मरासिनीले ७ हजार ४ सय ५७ मत ल्याएका छन्। कांग्रेसका राजु थापा ४ हजार ७४ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।