सिरहा- सिरहा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप गिरि विजयी भएका छन्। गिरिले निकटतम प्रतिद्वन्द्वीलाई २५ सय ८० मतको अन्तरले हराएका हुन्।
गिरिले २३ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३ सय ७१ मत प्राप्त गरेका छन्।
यस्तै, क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा एमालेका अशोक यादव विजयी भएका छन्। उनले ११ हजार १ सय १० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६ सय ८ मत प्राप्त गरे।
यसैगरी, क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा एमालेका मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६ सय ९६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।