चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने बताएका छन्।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै आज बिहान पत्रकारसँग प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सरकार गठनअघि पार्टी एकीकरण हुने बताए।
प्राविधिक कारणले एकता ढिला हुने अवस्था आए सरकार र एकीकरण सँगसँगै अघि बढाउने बताए।
अध्यक्ष प्रचण्डले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई ९ हजार ३२७ मतले पराजित गरेका हुन् । प्रचण्डले ४८ हजार २ सय ९ मत प्राप्त गरे भने पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।