झापा– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस लगायतका दललाई साथमा लिएर अघि बढ्ने बताएका छन्।
झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि झापाको भद्रपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रतिपक्षलाई साथमा लिनका लागि विश्वास जित्न कोसिस गरिने बताए।
‘कांग्रेससहितका प्रतिपक्षलाई सम्मान गर्दै साथमा लिन्छौं, उनीहरुको विश्वास जित्ने कोसिस गर्छौ’, ओलीले भने, ‘जितपछि अब उन्माद होइन, सबैलाई साथमा लिएर अघि बढ्नेछौं।’
देशलाई विकास र समृद्धिमा लैजान सबै मिल्न आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले संविधानले तयार गरेको राजनीतिक र प्रशासनिक संरचनालाई नयाँ नेतृत्वले सही ढंगले परिचालन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।