दार्चुला- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दार्चुलाले वाम वर्चस्व कायम गरेको छ।
प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्लामा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भए। ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत प्राप्त गरे।
प्रदेशसभा (क) मा एमालेका ग्याल्बुसिंह बोहराले जित हासिल गरेका छन्। उनले १६ हजार ५३ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत ल्याए।
यसैगरी प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन्। धामी १२ हजार ९ सय ५६ मत प्राप्त गर्दै विजयी भए। कांग्रेसका जगदिशबहादुर पालले भने ९ हजार ५ सय ७५ मत मात्र प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।