महेन्द्रनगर- कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभाको चुनावी प्रतिस्पर्धा रोचक भएको छ। नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक र नेकपा एमालेका दीपक प्रकाश भट्टका बीचमा भइरहेको प्रतिस्पर्धामा लेखक ३७ मतले मात्र पछि परेका छन्।
बिहानसम्म ५ सयबाट २ सय ८७ मा मतान्तर कायम गरेका नेता लेखकले दिउँसो साढे १ बजेसम्म उक्त दूरी छोट्याएका हुन्। एमालेका भट्टले २० हजार ९ सय २७ मत प्राप्त गरेका छन् भने लेखकले २० हजार ८ सय ९० प्राप्त गरेका छन् । ४५ हजार ३ सय १३ मत गन्दा उनीहरु कडा टक्करमा पुगेका छन्।
८७ हजार मतदाता रहेको उक्त क्षेत्रमा आधाभन्दा केही कम मत गन्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।