काठमाडौं– निजामती प्रशासनमा २२ जना वरिष्ठ उपसचिवहरु सहसचिव बढुवामा सिफारिस भएका छन्। आइतबार बसेको बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङकनको आधारमा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेहरुमा प्रशासनतर्फका उपसचिवहरु रामकृष्ण गुरागाइँ, लावण्यकुमार ढकाल, चुतुर्भुज ज्ञवाली, देवीप्रसाद ज्ञवाली, सनतकुमार दुवाडी, भरतबहादुर ढुंगाना, युवराज सुवेदी, सन्तोष श्रेष्ठ र हरिप्रसाद फुयाल छन्।
त्यस्तै, रमेशप्रसाद शिवाकोटी, लालमणि ओझा, दीपन्द्र काफ्ले, यज्ञराज बोहरा, प्रदीपराज कणेल, यत्रबहादुर खत्री, देवीराज भण्डारी, बलदेवप्रसाद जोशी, फणिन्द्रमणि पोखरेल, प्रेम प्रसाद भट्टराई, केशबराज आचार्य र पिताम्बर घिमिरे छन्।
त्यस्तै, लेखापरीक्षण सेवाबाट विवेकानन्द घिमिरे सहसचिव बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको सिफारीसअनुसार सरकारले उनीहरुलाइए बढुवा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।