इनरुवा- नेपाली कांग्रेसका विजय गच्छदारको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा अधकट्टी सहितको नौ वटा मतपत्र भेटिएपछि भएको विवादका कारण मतगणना स्थगित भएको छ।
रुखमा स्वस्तिक चिह्न भएको नौ वटा अधकट्टी भेटिएपछि एमालेले उक्त मत बदर गर्नुपर्ने माग गरेको छ भने कांग्रेसले सदर गर्नुपर्ने अडान राख्दै आएको छ। विवाद नमिलेपछि मतगणना स्थगित भएको हो।
सुनसरी ३ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी र नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारबीच कडा प्रतिष्पर्धा भइरहेको छ।
मतगणना रोकिनुअघि चौधरीले १ सय ५५ मतले अग्रता लिएकी छिन् भने गच्छदारले मतान्तर घटाउँदै लगेका छन्। भगवतीको २९ हजार ३ सय २६ मत आएको छ भने गच्छदारको २९ हजार १ सय ७१ मत छ। अब करिब २० हजार गन्न बाँकी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।