काठमाडौं- कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार दीपकप्रकाश भट्टसँग मतान्तर घटाएका छन्।
मतगणनामा सुरुदेखि नै पछाडि रहेका लेखकले मतान्तर घटाउँदै अहिले २ सय ८७ मतले पछि परेका छन्। यसअघि उनी ५ सय मतले पछाडि थिए। एमालेका भट्टले २० हजार १ सय २३ मत ल्याएर अग्रता कायम गरेका छन् भने लेखक १९ हजार ८ सय ३६ मतसहित पछ्याइरहेका छन्।
४३ हजार २ सय ७१ मत गनिँदा उनीहरुबीच कडा टक्कर देखिएको छ। ८७ हजार मतदाता रहेको उक्त क्षेत्रमा करिब आधा मतगणना हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।