इनरुवा- सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा विवादका कारण मतगणना स्थगित भएको छ।
मतगणना स्थलमा बदर मतमा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको हो। सुनसरी ३ मा खसेको कुल ८५ हजार १ सय ९७ मतमध्ये अहिलेसम्म ६४ हजार २ सय ३१ मत गणना भइसकेको छ। अब २० हजार ९ सय ६६ मत गन्न बाँकी छ।
पछिल्लो गणना अनुसार, कांग्रेस उम्मेदवार विजय गच्छदारलाई एमालेकी भगवती चौधरीले १ सय ५५ मतले पछाडि पारेकी छिन्। चौधरीले २९ हजार ३ सय २६ मत प्राप्त गर्दा गच्छदारको २९ हजार १ सय ७१ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।