सुनसरी– सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको रोचक बन्दै गएको छ। पछिल्लो अपडेट अनुसार एमालेकी उम्मेदवार भगवती चौधरीले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पछि पारेकी छिन् ।
चौधरीले १ सय ५५ मतले अग्रता लिएकी छिन्। चौधरीले २९ हजार ३ सय २६ मत प्राप्त गरेकी छिन्। गच्छदार २९ हजार १ सय ७१ मत ल्याएका छन्।
यसअघि गच्छदारले चौधरीलाई ३२ मतले पछि पारेका छन्। गच्छदारले २७ हजार ७४४ मत प्राप्त गर्दा एमालेकी चौधरीले २७ हजार ७१२ मत प्राप्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।