ललितपुर- ललितपुरको प्रतिनिधिसभा र प्रदेशसभामा क्लिन स्विप गरेको वाम गठबन्धनले विजय उत्सव मनाएको छ। नौ वटै क्षेत्रमा जित हात पारेको गठबन्धनले सोमबार बिहान विजय र्याली निकालेको हो।
प्रतिनिधिसभामा ललिपुर क्षेत्र नम्बर १ र २ मा एमाले उम्मेदवार नवराज सिलवाल र कृष्णलाल महर्जन तथा ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएका हुन्।
प्रदेशसभातर्फ प्रदेश १ (क) मा लालकुमारी पुन (माओवादी केन्द्र) र प्रदेश १ (ख) मा चेतनाथ सञ्जेल (एमाले) विजयी भए भने प्रदेश २ (क) मा माधवप्रसाद पौडेल (एमाले) र प्रदेश २ (ख) मा ज्ञानेन्द्र शाक्य (एमाले) ले जित हात पारे। यस्तै, प्रदेश ३ (क) मा राज काजी (माओवादी केन्द्र) र प्रदेश ३ (ख) मा जीवन खड्का (एमाले) निर्वाचित भएका छन्।
विजय र्यालीका केही झलक:




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।