काठमाडौं– विजय गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट वीरगञ्ज महानरपालिकाको मेयरमा पराजित भएका विमल श्रीवास्तव प्रतिनिधिसभा निर्वाचनमा सफल भएका छन्।
स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादीका विजयकुमार सरावगीसँग पराजित भएका श्रीवास्तव पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्।
श्रीवास्तवले २१ हजार १ सय ६९ मत ल्याउँदै जित हात पारे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजयकुमार चौरासियाले १९ हजार ७ सय ४ मत ल्याए। श्रीवास्तवले १ हजार ४ सय ६५ मतान्तरले चौरसियालाई हराएका हुन्।
श्रीवास्तव स्थानीय चुनावमा राजपाले टिकट नदिएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरको चुनाव लडेका थिए। यसपाली राजपाको समर्थनमा श्रीवास्तवले प्रतिनिधिसभा निर्वाचन जितेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।