सल्यान : सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरे। हाल बिना विभागीयमन्त्री समेत रहनुभएका बस्नेतले ह्याट्रिक गरेका छन्।
यस्तै प्रदेश (क) बाट नेकपा (एमाले)का उम्मेदवार गुलावजंग शाह १९ हजार ६५८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गरे ।
प्रदेश (ख) बाट एमालेकै पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज रेग्मी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।