काठमाडौं– प्रदेश नम्बर २ का ८ जिल्लामा राजपा र संघीय समाजवादी फोरमको मधेस गठबन्धनले पकड जमाएको छ। देशभर वाम गठबन्धन गरेर बहुमततर्फ लम्किएको नेकपा एमाले र माओवादी केन्द्रलाई प्रदेश २ मा भने रोक्न मधेस गठबन्धन सफल देखिएको छ।
प्रदेश २ मा प्रतिनिधिसभाका ३२ मध्ये अहिलेसम्म २१ क्षेत्रको अन्तिम परिणाम आउँदा वाम गठबन्धनले ५ सिट जित हात पारेको छ भने मधेसकेन्द्रित दलहरुले १५ स्थान जितेका छन्।मधेस गठबन्धनले नेपाली कांग्रेसलाई पनि प्रभावित पारेको छ। आफ्नो भोट बैंकको रुपमा चिनिने मधेसमा कांग्रेसले ४ सिट मात्र जित्न सकेको छ भने एक स्थानमा जारी गणनामा अग्रता कायम गरेको छ।
राजपा र संघीय समाजवादी फोरमको गठबन्धनले ३२ मध्ये १५ स्थानमा जित हात पारेको छ भने ७ स्थानमा अग्रता लिइरहेको छ। राजपाले ९ स्थानमा जित हात पारेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरसहित अन्य चार सदस्यहरु शरदसिंह भण्डारी, राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादव यही क्षेत्रबाट विजयी भएका छन्।
गणना भइरहेकामध्ये राजपा ४ स्थानमा अगाडि छ। वरिष्ठ नेता लक्ष्मणलाल कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट अग्रता लिइरहेका छन्।
संघीय समाजवादी ६ स्थानमा विजयी भएको छ। अध्यक्ष उपेन्द्र यादवसहित अन्य उम्मेदवारहरु विजयी भएका हुन्। हाल गणना भइरहेकामध्ये संघीय समाजवादी ३ स्थानमा अगाडि छ।
कांग्रेसले ४ स्थानमा विजय हात पारेको छ भने एक स्थानमा अग्रता लिइरहेको छ। माओवादी केन्द्रले ३ र एमालेले २ स्थानमा जितेका छन्।
१. सप्तरी
क्षेत्र नम्बर १ - डा.सूर्यनारायण यादव (संघीय समाजवादी) २१,७१२ विजयी
क्षेत्र नम्बर २ - उपेन्द्र यादव (संघीय समाजवादी) २१,६२० विजयी
क्षेत्र नम्बर ३ - चन्द्रकान्त चौधरी (राजपा) २२५८४ विजयी
क्षेत्र नम्बर ४ - तेजुलाल चौधरी (कांग्रेस) २४११३ विजयी
२. सिरहा
क्षेत्र नम्बर १ - प्रदीप गिरि (कांग्रेस) १९,५०४ अग्रता
क्षेत्र नम्बर २ - सुरेसचन्द्र दास (माओवादी केन्द्र) १३७९२ अग्रता
क्षेत्र नम्बर ३ - लीलानाथ श्रेष्ठ (एमाले) २३२७२ विजयी
क्षेत्र नम्बर ४ - राजकिशोर यादव (राजपा) २११४४ विजयी
३. धनुषा
क्षेत्र नम्बर १ - मातृकाप्रसाद यादव (माओवादी केन्द्र) १३,३४३ अग्रता
क्षेत्र नम्बर २ - उमाशंकर अरगरिया (संघीय समाजवादी) ३२,०४४ विजयी
क्षेत्र नम्बर ३ - राजेन्द्र महतो (राजपा) ३०,७५० विजयी
क्षेत्र नम्वर ४ - रघुवीर महासेठ (एमाले) २२,५३२ विजयी
४. महोत्तरी
क्षेत्र नम्बर १ - गिरिराजमणि पोखरेल (माओवादी केन्द्र) २३,७७६ विजयी
क्षेत्र नम्बर २ - शरतसिंह भण्डारी (राजपा) ३०,७२२ विजयी
क्षेत्र नम्बर ३ - महन्थ ठाकुर (राजपा) २६,८४५ विजयी
क्षेत्र नम्बर ४ - सुरेन्द्रकुमार यादव (संघीय समाजवादी) ८,७९८ अग्रता
५. सर्लाही
क्षेत्र नम्बर १ - प्रमोद साह (राजपा) १७,७९४ अग्रता
क्षेत्र नम्बर २ - महिन्द्रराय यादव (राजपा) २७,५२३ अग्रता
क्षेत्र नम्बर ३ - रामेश्वरराय यादव (माओवादी केन्द्र) १३४८१ अग्रता
क्षेत्र नम्बर ४ - राकेशकुमार मिश्र(राजपा नेपाल) १६,३१८ अग्रता
६. रौतहट
क्षेत्र नम्बर १ - अनिलकुमार झा (राजपा) २१,४३२ विजयी
क्षेत्र नम्बर २ - मोहम्मद आफताब आलम (कांग्रेस) १८,८३३ विजयी
क्षेत्र नम्बर ३ - प्रभु साह (माओवादी केन्द्र) २७,७९९ विजयी
क्षेत्र नम्बर ४ - देवप्रसाद तिमलसेना (कांग्रेस) २८,२२८ विजयी
७. बारा
क्षेत्र नम्बर १ - उमाकान्त चौधरी (कांग्रेस) २४,४५० विजयी
क्षेत्र नम्बर २ - रामसहायप्रसाद यादव (संघीय समाजवादी) २८,१८५ विजयी
क्षेत्र नम्बर ३ - रामबाबुकुमार यादव (संघीय समाजवादी) २१,३३६ विजयी
क्षेत्र नम्बर ४ - एकवाल मियाँ (राजपा) २२,२७५ विजयी
८. पर्सा
क्षेत्र नम्बर १ - प्रदीप यादव (संघीय समाजवादी) २१,१३२ विजयी
क्षेत्र नम्बर २ - विमलप्रसाद श्रीवास्तव (संघीय समाजवादी) १८,००७ अग्रता
क्षेत्र नम्बर ३ - हरिनारायणप्रसाद रौनियार (संघीय समाजवादी) ११,२०४ अग्रता
क्षेत्र नम्बर ४ - लक्ष्मणलाल कर्ण (राजपा) १७,५९५ अग्रता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।