सल्यान- सल्यानका तीन वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता तथा बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेत ४० हजार ८ सय ९७ मतसहित विजयी भएका छन्। बस्नेतका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७ सय ६७ मत ल्याए।
यस्तै, प्रदेश (क)मा वाम गठबन्धनकै गुलाबजंग शाह र प्रदेश (ख)मा प्रकाश ज्वाला निर्वाचित भएका छन्। निर्वाचन कार्यालय सल्यानले यसको आधिकारिक घोषणा सोमबार बिहान नौ बजे गर्ने मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।