लहान- सिरहाको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा मधेस गठबन्धनबाट राजपाका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव निर्वाचित भएका छन्।
अन्तिम परिणामअनुसार यादवले निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजयशंकर नायकलाई ३ हजार ६ सय ६९ मतको अन्तरले पराजित गरे।
यादवले २१ हजार १ सय ४४ मत प्राप्त गरेका छन् भने माओवादीका नायकले १७ हजार ५ सय ७५ मत ल्याए।
यस्तै, प्रदेशसभा क्षेत्र नम्बर ४ (ख) मा राजपाकै सुरेशकुमार मण्डल १० हजार ४८० मतसहित विजयी भएका छन्।
मण्डलले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेशकुमार मण्डललाई दुई हजार ९ सय ८१ मतको अन्तरले पराजित गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।