काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक सहित ६ जनाले नै प्रतिनिधिसभाको निर्वाचनमा जित हात पारेका छन्। संयोजक महन्त ठाकुर, सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिसोर यादव विजयी भएका हुन्।
भण्डारीले महोत्तरी २ मा ३० हजार ७ सय २२ मत ल्याउँदै कांग्रेसका किरण यादवलाई पराजित गरेका हुन्। भण्डारीले १६ हजार ६ सय ४८ मत ल्याउदै विजयी हुँदा यादवले १४ हजार ७४ मत प्राप्त गरे।
राजकिसोर सिराहा क्षेत्र नम्बर ४ वाट विजयी भएका हुन् । उनले माओवादी केन्द्रका नेता अजयशंक नायकलाई पराजित गरे । राजकिसोरले २१ हजार १सय ४४ मत ल्याए । नायकले १७ हजार ५ सय ७५ मत मात्र प्राप्त गरे ।
महोत्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका ठाकुरले नेकपा एमालेका विजयकुमार चौधरीलाई पराजित गरेका हुन्। अर्का सदस्य महतोले धुनषा ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई पराजित गरे।
अध्यक्ष मण्डलकै अर्का नेता झाले रौतहट १ बाट नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई हराएका हुन्। यस्तै, अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र यादव सर्लाही २ बाट निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।