जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता लिएका छन्। आइतबारको मतगणनामा १८ सय १६ मतले पछि परेका महासेठले पछिल्लो मतगणनामा २६ सय १३ को अग्रता बनाएका छन्। उनले २२ हजार १ सय ७९ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ५ सय ६६ मत ल्याएका छन्। यस्तै, संघीय समाजवादी फोरमका महाजन यादवले १९ हजार ३ सय ४२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।