काठमाडौं- सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायमै राखेकी छिन्। निर्वाचनअघि नेपाली कांग्रेसमा पुनः फर्किएका वर्तमान उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कडा टक्कर दिइरहेकी चौधरीको अग्रता पछिल्लो गणनामा खुम्चिँदै आएको छ। २५ सय मतसम्मले अगाडि बढेकी चौधरी अहिले ५ सय ९९ मतले मात्र अगाडि छिन्। पछिल्लो परिणाम अनुसार चौधरीको २६ हजार २ सय १९ मत छ भने गच्छदारको २५ हजार ६ सय २० मत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।