गोरखा– गोरखा निर्वाचन क्षेत्र न २ को प्रतनिधिसभा सदस्यमा नेपाली कांग्रेसको सहयोगमा निर्वाचित भएपछि नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले यो संसद अवधिसम्म नेपाली कांग्रेसलाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘एउटा राजनीतिक नैतिकता के हुन्छ भने, यो संसदको अवधिसम्म हामीले सहकार्य गरी जानुपर्छ,’ उनले कांग्रेससँगको गठबन्धनबारे भने, ‘संयुक्त रुपमा विजयी भएर गएपछि महत्वपूर्ण विषयमा हामीले सहकार्य गर्नुपर्छ। यो राजनीतिक धर्म हो।’

ढुलमुले चरित्र देखाएको आरोप लाग्ने गरेका भट्टराईले निर्वाचित भएको भोलिपल्ट आइतबार गोरखा सदमुकामको हरमटारी चोकमा आयोजित धन्यवाद ज्ञापन तथा विजयसभामा बोल्दै ‘राजनीतिक धर्म’ पूरा गर्ने वचनबद्धता जनाएका हुन्।
पहिलो र दोस्रो संविधानसभामा गोरखाको साविकको क्षेत्र न २ र १ बाट विजयी भएका भट्टराई त्यसबैलैदेखि महिनाको एकपटक गोरखा आउने गरेका थिए। उनले भने, ‘म प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्र आउँछु, जनताको समस्या सुनेर समाधान गर्छु। समस्या सुन्न सम्पर्क कार्यालय खोल्छु, २४सै घन्टा उपलब्ध हुने गरी हटलाइन सेवा राख्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।