सुनसरी– अशोक राई आफ्नै चेलासँग २२ हजार मतले पराजित भएका छन्। संघीय समाजवादीका राई सुनसरी १ मा आफैले राजनीतिमा प्रवेश गराएका चेला जयकुमार राईसँग पराजित भएका हुन् । कुनै समय एमालेका नेता रहेका अशोक अहिले एमालेका उम्मेदवार जयकुमारसँग पराजित भएका हुन् ।
राईले ४४ हजार ५ सय २८ मत प्राप्त गरे भने अशोकले २२ हजार १ सय २३ मत प्राप्त ल्याए। एमालेबाट संघीय समाजवादी पार्टी खोलेका राई उपेन्द्र यादवको फोरम नेपालसँग एकता गरेका थिए । फोरम नेपालको प्रमुख नेताको रुपमा रहेपनि राईले निर्वाचन जित्न सकेनन् ।
मदन भण्डारी सगरमाथा कोशी क्षेत्रीय समितिको सचिव हुँदा अशोक राई उपसचिव भएर भूमिगत रुपमा धरानबाट राजनीति गर्थे। २०४६ सालको आन्दोलनताका पनि धरानमा रहेर आन्दोलन गरेको रार्इले बताए। खोटाङमा जन्मिएका राईले आफ्नो राजनीतिक भूमि धरान भएकाले सुनसरी-१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको बताएका छन्। रार्इले २०३५ सालदेखि २०४८ सालसम्म धरानमा रहेर कम्युनिस्ट राजनीति गरेका थिए।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका जय रार्इ नेकपा एमाले धरान उपमहानगरपालिकाका सहइन्चार्ज तथा सुनसरी जिल्ला कमिटिका सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।