काठमाडौं- करिब ५ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो १४:०० बजेदेखि साँझ १८:३० बजेसम्मको सो अवधिमा सप्तरी, बाँके, तनहुँ, रुपन्देही र नवलपरासी(पूर्व) मा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो।
दुर्घटनामध्ये सप्तरी शम्भुनाथ नगरपालिका-६ स्थित सडकमा ना.५ ख ४६९२ नम्बरको बस र स.९ प ६१८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक खड्क नगरपालिका-४ बस्ने २५ वर्षीय नविन चौधरी र पछाडी सवार सिरहा लहान नगरपालिका-१२ बस्ने २६ वर्षीय ओम प्रकाश चौधरीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी बाँके नेपालगंज उपमहानगरपालिका-१३ तेलियनपुरमा भे. ५ प ४३१४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटरमा सवार सोही स्थान बस्ने ५६ वर्षीय साईद अलि मनिहारको नर्सीङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ। स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी तनहुँ शुक्लगण्डकी नगरपालिका-२ स्थित सडकमा ग.२ च ९६२२ नम्बरको जिप र मे.५ प ९२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईलाम माईजुमाई गाउँपालिका-३ का २६ वर्षीय शैलेश लिम्डुमको बिपी कोईराला स्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ।
दुबै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी रुपन्देही तिलोत्तमा नगरपालिका-१५ स्थित सडकमा लु.१२ प ३०१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-१३ का २५ वर्षीय सन्जय बिकको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ।
यसैगरी नवलपरासी(पूर्व) देबचुली नगरपालिका-६ स्थित भित्री सडकमा लु. ४३ प ६९३० नम्बर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कावासोती नगरपालिका-३ का ३० वर्षीय तिलक सुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।