प्युठान प्रदेशसभा (क) मा वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार हरि रिजाल विजयी भएका छन्। रिजालले २४ हजार ७ सय ३४ मत ल्याई विजयी भए भने उनका निकटतम प्रितिद्वन्द्वी नेपाली कांग्रेसका टेकप्रसाद भण्डारीले १२ हजार ६ सय ३९ मत ल्याए।
प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै माअोवादी केन्द्र उम्मेदवार कृष्णध्वज खड्काले जितेका छन्। खड्काले २७ हजार ९ सय १० मत ल्याएर जिते भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमर भण्डारीले १४ हजार १ सय ६८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।