बर्दिया– बर्दिया क्षेत्र नम्बर १ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ । ८ हजार सात सय मत गन्न बाँकी रहदा एमालेका उपाध्यक्ष वामदेव गौतम करिब १९ सय मतले पछाडि छन् । यो क्षेत्रमा कांग्रेसका सञ्जय गौतमको ४१ हजार ७ सय ११ मत ल्याएका छन् भने बामदेवको ३९ हजार ७ सय ८३ मत आएको छ ।
बामदेव १९ सय २८ मतले पछि हुनुहुन्छ । गन्ने बाँकी मत घट्दै जाँदा वामदेवले मतान्तर पनि घटाउदै लगेकाले प्रतिस्पर्धा रोचक बनेको हो । वामदेवले तीन हजारबाट मतान्तर घटाउदै लगेका छन् ।
अब बारबर्दिया नगरपालिकाको वडा नम्बर ८, ९, १० र ११ को मत गन्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जहाँ ८ हजार ७ सय मत गन्न बाँकी छ । चारै वटा वडामा माओवादीको पकड छ, एमालेको पनि राम्रै भोट छ । त्यसकारण अझै पनि वामदेवले जित्ने सम्भावना धेरै रहेको एमालेका स्थानीय नेताहरु बताउँछन् । गन्न बाँकी क्षेत्रमा माओवादीले वामदेवलाई नै भोट हालेको खण्डमा उनलाई जित अझै सहज छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।