काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सम्पन्न भएका जिल्लाहरुमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । विभिन्न जिल्लाको समानुपातिकको परिणाम समेत आउन थालेको छ ।
आयोगले दिएको पछिल्लो अपडेटअनुसार एमालेले सामान्य अग्रता लिएको छ । एमालेको १ लाख १६ हजार ५ सय २१ मत छ भने कांग्रेसले १ लाख ७ हजार ५ सय ७ मत ल्याएको छ।
त्यस्तै माओवादी केन्द्रले ४३ हजार ३ सय १५ मत ल्याएको छ ।
नयाँशक्तिले ६ हजार ७ सय ४३, राप्रपाले ३८ सय १०, राष्ट्रिय जनताले पार्टीले ३५ सय १९ मत ल्याएको छ ।
यसैगरी, विवेकशिल साझा १७ सय ५९ नम्बर ल्याएर ७ औं नम्बरमा परेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।