सर्लाही– सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह निरन्तर पछाडि परेका छन्। उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले सुरुदेखि नै पछि पार्दै आएका छन्।
पछिल्लो अपडेटअनुसार सर्लाही–४ मा राजपा उम्मेदवार मिश्र १३ हजार २ सय १३ मतका साथ अग्रता कायम राखेका छन्। कांग्रेसका अमरेशको १२ हजार २ सय ४४ मत छ। उनी एक हजार मतले पछाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।