गाेरखा– गाेरखा निर्वाचन क्षेत्र २ बाट विजयी भएका नयाँ शक्तिका डा बाबुराम भट्टराईले विजयी र्याली निकालेका छन्।
नेपाली कांग्रेसको सहयाेगमा निर्वाचन लडेका भट्टराईले वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई हराएका हुन्। निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भए पनि भट्टराईले क्षेत्र १ को बजार क्षेत्रमा र्याली निकालेका हुन्। सदरमुकाम क्षेत्रमा आयोजित विजयी र्यालीमा नयाँ शक्तिका नेता करिश्मा मानन्धर, हिसिला यमी लगायत सयाैं समर्थक एवं कार्यकर्ता जुटेका छन्।

र्याली गाेरखा १ काे हरमटारी, हस्पिटल चाेक, बसर्पाक क्षेत्र हुँदै हरमटारी चाेकमा पुगेर काेणसभामा परिणत हुनेछ।
काेणसभामा भट्टराईसहित गाेरखा २ प्रदेशसभा (क) का विजयी उम्मेदवार हरिशरण अार्चाय र प्रदेशसभा (ख) का विजयी उम्मेदवार प्रकाशचन्द्र दवाडीले सम्बोधन गर्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।