काठमाडौं– इंग्लिस क्लब एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसले विम्बली रंगशालामा सोमबार भएको च्याम्पियनसिपको प्लेअफमा सबैको ध्यान खिचे।
च्याम्पियनसिपअन्तर्गत प्लेअफको खेलमा भिल्ला र डर्बीबीच भिडन्त थियो। खेल जिते भिल्ला ३ वर्षपछि माथिल्लो डिभिजनको लिग प्रिमियर लिगमा फर्कने पक्का थियो। तर यस्तो महत्वपूर्ण खेलमा ज्याक फाटेको पुरानो सेतो जुत्ता लगाएर मैदान उत्रिए।
'केहि वर्षअघि म घाइते भएँ। त्यसपछि लामो समयपछि मैदान उत्रिएको थिएँ। चोटबाट फर्किएपछि नयाँ जुत्ता लगाएर मैदान उत्रिएँ। मैले त्यो जुत्ताबाट केही गोल गरेँ भने गोलका लागि पास पनि दिन सकेँ,' उनले प्लेअफको खेलमा फाटेको जुत्ता लगाउनुको कारण खुलाए,'मलाई लाग्यो यो जुत्ता मेरो लागि भाग्यमानी छ। त्यसैले मैले यो जुत्तालाई सम्हालेर राखेको थिएँ। अनि आज लगाएको हुँ।'
.jpg)
सोमबार भएको खेलमा उनले त्यहि फाटेको जुत्ताले गोलका लागि प्रयास गरे। तर उनी सफल भएनन्। उनी सफल नभए पनि क्लब भने सफल भयो। डर्बीलाई २–१ गोलले हराएर भिल्ला ३ वर्षपछि प्रिमियर लिगमा फर्कियो।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।