राजविराज- सप्तरीमा यात्रु बस र मोटरसाईकल ठोक्किएर सोमबार दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नवीन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको हो।
पुर्व पश्चिम राजमार्गमा पश्चिम जाँदै गरेको ना ५ ख ४६९२ नम्बरको यात्रु वस र पुर्व जाँदै गरेको स ९ प ६१८३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका थिए।
बसको ठक्कबाट मोटरसाईकलमा सवार दुवै जना घाईते भएकमा थिए।
घाईते दुवैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएकोमा सोही क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।