काठमाडौँ- गृह मन्त्रालयले सुरक्षाको राम्रो प्रबन्ध भएको बताएको छ। सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षाको कुनै संकोच बिना आफ्नै दैनिक क्रियाकलाप अघि बढाउन समेत अपिल गरेको छ।
आइतबार र सोमबार देशमा बम आतंक फैलिरहेका बेला मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो।
आइतबारको विस्फोटमा परी ४ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचार भइरहेको बताएको मन्त्रालयले सोही विज्ञप्तिमा सुरक्षासम्बन्धी राम्रो प्रबन्ध भएको उल्लेख छ।
विज्ञप्तिमा विस्फोटको योजनामा संलग्न भएका १५ जना पक्राउ गरेको समेत भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।