काठमाडौं– एकदिवसीय विश्वकपअघि आयोजक इंग्ल्यान्डले अफगानिस्तानमाथि फराकिलो अन्तरको जित हात पारेको छ। सोमबार भएको वार्मअफ खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो।
अफगानिस्तानले दिएको १ सय ६१ रनको सहज लक्ष्य इंग्ल्यान्डले १७.३ ओभरमा १ विकेटको क्षतिमा पार गर्यो। इंग्ल्यान्डका लागि जासन रोएले नटआउट ८९ रन जोडे। उनले ४६ बलमा ११ चौका र ४ छक्का हिर्काए। जोनी बिस्ट्रले ३९ रन जोड्दा जोए रुटले २९ रन बटुले।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३८.४ ओभरमा १ सय ६० रनमा अलआउट भयो। उसका लागि मोमहमद नाबीले सबैभन्दा बढी ४४ रन जोडे। बलिङमा इंग्ल्यान्डका जोर्फा आर्चर र जोए रुटले ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।