धनगढी- धनगढी उपमहानगरपालीका–५ निवासी २१ वर्षीय आर्दश भट्ट धनगढीको एउटा होटलभित्र मृत अवस्थामा फेला परेका छन्। उनको शव नग्न अवस्थामा धनगढी बसपार्कस्थित श्रीपाल होटेलमा फेला परेको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए।
जेठ १० गतेदेखि भट्टसहित उनका चार जना साथीहरु होटेलमै बसिरहेका थिए। आज बाहिरबाट ढोका बन्द गरेको अवस्थामा खोजी गर्दा शव भेटिएको सिंहले बताए। उनीसँगै होटलमा बसेका धनगढी ४ का ३५ वर्षीय एसपाल मल्ल र २६ वर्षीय प्रकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्य एक जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषधको ओभरडोजका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।