काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपराष्ट्रपति कप महिला लिग २०७६ भदौ २० देखि सुरु गर्ने भएको हो। एन्फाका अनुसार प्रतियोगिता ६ महिना चल्नेछ भने १० टिमले सहभागिता जनाउनेछन्।
एन्फाले सात प्रदेशको टिम छनोट गर्नका लागि छनोट प्रतियोगित गर्नेछ। प्रत्येक प्रदेशको विजेता टिमले महिला लिगाम भाग लिने अवसर पाउनेछन्।
सात प्रदेशसहित ३ विभागीय टिमले पनि सहभागिता जनाउनेछन्। प्रतियोगिता दोहोरो राउन्ड रोबिनको आधारमा सञ्चालन हुनेछ। लिग आगामी माघ २८ मा सकिने एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।