काठमाडौँ- एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ लैनचौर बस्ने वर्ष २६ को भरत खड्का रहेको प्रहरीले जानकारी दिएको छ।
खड्कामाथि काठमाडौँ गल्फुटार बस्ने क्रिपा लिम्बु, उर्मिला चौधरी र गोमा विश्वकर्मालगायतलाई एयर होस्टेजको जागिर लगाइदिन्छु भनी ६ लाख ठगी गरी सम्पर्क बिहिन भएको आरोप लागेको छ।
उनीहरुको जाहेरीका आधारमा खड्कालाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।