काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ।
एपिएफले सोमबार भएको खेलमा सुदूरपश्चिमलाई ३ विकेटले हरायो। सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य एपिएफले ३४.४ औभरमा ७ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान पृथु बाँस्कोटाले नटआउट ३२ रन जोडे। उनले ४७ बलमा ५ चौका हिर्काए। शरद भेषवाकरले २६ रन र सन्दीप जोराल २२ रनको योगदान दिए। बलिङमा सुदूरपश्चिमका विनोद लामाले ३ विकेट लिए। शेर मल्लले २ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो। उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे।
त्यसैगरी खडक बोहोराले १९, रोशन अधिकारीले १६, कप्तान शेर मल्लले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।
प्रतियोगितामा एपिएफका अभिनाश बोहोराले दुई विकेट लिए भने पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।