काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको सुरूंगा नगरपालिका-५ का वडाध्यक्ष सिल्टु मियाँल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वडाध्यक्षको रुपमा नियमित रुपमा गर्नु्पर्ने कामका लागि २५ हजार घुस मागेपछि उनी अख्तियारको स्टिङ अप्रेसनमा परेका थिए।
वडा अध्यक्ष मियाँले मोहीयानी जग्गा छुटाउने सिफारिस गर्ने प्रयोजनका लागि २५ हजार रूपैयाँ घुस लिएका थिए।
अख्तियारको इटहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक मोहियानी जग्गा र रकम बार्गेनिङ गरेपछि अख्तियारको टोलीले स्टिङ अप्रेसन गरेको थियो।
नियमानुसार गर्नुपर्ने काममा समेत २५ लाख घुसमागे पछि सेवाग्राहीले अख्तियारलाई खबर गरेका थिए।
उनीविरूद्ध सोमबार काठमाडौंको विषेश अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग गरी मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार वडाध्यक्ष मियाँलाई कैद र जरिवाना माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।