काठमाडौं– काठमाडौंको प्रदेशसभाका २० निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । १६ मध्ये १२ सिटमा एमाले उम्मेदवार विजयी भएक छन् । ४ सिटमा कांग्रेस विजयी हुँदा माओवादी केन्द्र शुन्य छ । ४ क्षेत्रको नजिता आउन बाँकी छ ।
कहाँ क–कसले जिते ?
क्षेत्र नम्बर १ को क मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ ६ हजार २ सय २१ मतसहित विजयी भए । जहाँ एमालेकी उम्मेदवार बिष्णुकुमारी भुषालले ४६ सय १८ मत ल्याइन् भने साझा विवेकशिलकी समिक्षा बास्कोटाले ४३ सय ४३ मत प्राप्त गरिन् ।
क्षेत्र नम्बर १ को ख मा भने एमालेका गणेश दुलाल विजयी भए । उनले ४२ सय ४२ मत ल्याए । निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरजचन्द्र लामिछानेले ४२ सय २३ मत ल्याए । १९ मतले लामिछाने पराजित भए ।
काठमाडौंको क्षेत्र नम्बर २ अन्र्तगतका प्रदेशसभामा दुवै सिटमा एमाले उम्मेदवार विजयी भए । क मा एमालेका सानु श्रेष्ठ ८ हजार ९ सय ३६ मतले तथा ख मा मणिराम फुयाल २६ सय ९२ मतले विजयी भए । दुवै प्रदेशसभामा माओवादी उम्मेदवारहरु पछि परे ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ३ अन्र्तगत क मा कांग्रेस तथा ख मा एमालेका उम्मेदवार विजयी भएका छन् । क मा कांग्रेसका छिरिङ दोर्जे लामा ६४ सय ४८ मत ल्याएर एमालेका रुद्र बराइलीलाई ११ सय ३५ मतले पराजित गरे । ख मा भने एमालेका रामेश्वर फुँयाल ६७ मतले विजयी भए । फुँयालले कांग्रेसका विलम ठकुरीलाई पराजित गरेका हुन् । फुँयालले १० हजार ८ सय ८६ मत ल्याए भने ठकुरीले १० हजार ८ सय १९ मत प्राप्त गरे ।
काठमाडौं क्षेत्र नम्बर ४ मा एमाले र कांग्रेसले १÷१ सिट जिते । क मा कांग्रेसका नरुोत्तम बैद्य ८ हजार ७ सय १९ मतका साथ विजयी भए । जहाँ एमालेका निर्मल कुईकेलले ७ हजार ७ सय ९४ मत मात्र पाए ।
क्षेत्र नम्बर ४ को ख मा भने एमालेका कुसुम कुमार कार्की १२ हजार ३ सय ४७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका साधुराम खड्काले ९ हजार ३ सय ५४ मत प्राप्त गरे ।




क्षेत्र नम्बर ५ मा प्रदेशसभाको मतगणना अझै सुरु भएको छैन ।
क्षेत्र नम्बर ६ को क मा एमालेका केशव स्थापित ८ हजार २२ मतका साथ विजयी भएका छन् । जहाँ कांग्रेसका उम्मेदवार न्युछे नारायण मानन्धरले ५१ सय ४९ मत प्राप्त गरे । क्षेत्र नम्बर ६ ख को मतपरिणा सार्वजनिक भइसकेको छैन ।
काठमडौं क्षेत्र नम्बर ७ को क मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका बसन्त मानन्धर ४४ मतले विजयी भए । उनले ८८ सय मत पाए भने कांग्रेसका बिजय मालीले ८७ सय ६६ मत प्राप्त गरे । क्षेत्र नम्बर ७ को ख को नजिता सार्वजनिक भएको छैन ।
क्षेत्र नम्बर ८ को दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छ । क मा एमालेका राजेश शाक्य ७७ सय ८० मत ल्याएर विजयी भए । जहाँ कांग्रेसका राज्यलक्ष्मी श्रेष्ठले ७१ सय ७६ मत प्राप्त गरिन् । क्षेत्र नम्बर ८ को ख मा एमाले नेतृ अष्टलक्ष्मी शाक्य(बोहरा) विजयी भइन् । उनले ५१ सय ६९ मत प्राप्त गर्दा कांग्रेसका देव रत्न डंगोलले ३६ सय ६९ मत मात्र प्राप्त गरे ।
क्षेत्र नम्बर ९ का दुवै प्रदेशसभामा एमाले विजयी भएको छ । एमालेका अजयक्रान्ति शाक्यले ९५ सय ३१ मत ल्याएर विजयी हुँदा कांग्रेसका इन्द्रमान तुलाधरले ७१ सय ९३ मत प्राप्त गरी पराजित भए । क्षेत्र नम्बर ९ को ख मा एमालेका केशव पोखरेल १२ हजार एक सय ५६ मत प्राप्त गरी विजयी भए । जहाँ कांग्रेसका उम्मेदवार धर्मराज गौतमले ९१ सय १० मत आए ।
क्षेत्र नम्बर १० को प्रदेशसभा क मा कांग्रेस तथा ख मा एमाले उम्मेदवार विजयी भएका छन् । क मा कांग्रेसका पुकार महर्जन १४ हजार ७ सय २९ मतसहित विजयी भए । जहाँ बाम गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका दिलिप महर्जनले १३ हजार ७ सय १७ मात्र मत प्राप्त गरे ।
क्षेत्र नम्बर १० ख मा एमालेकी रमा आलेमगर विजयी भइन् । ९ हजार ९ सय ३ मतका साथ उनी विजयी भइन् । जहाँ कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठले ७ हजार १७ मत प्राप्त गरे ।
प्रतिनिधिसभामा एमाले ६, कांग्रेस ४
काठमाडौंको प्रतिनिधिसभाको निर्वाचनमा एमालेले ६ तथा नेपाली कांग्रेसले ४ स्थानमा जित हात पारेको छ । कांग्रेस क्षेत्र नम्बर १, ४, ६ र १० विजयी भयो । एमालेले २, ३, ५, ७, ८ र ९ मा विजय हात पारेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।