काठमाडौं– इटालियन सिरि ए च्याम्पियन युभेन्ट् लिगको अन्तिम खेलमा पराजित भएको छ। युभेन्ट्सलाई सम्पडोरियाले २–० गोलले पराजित गरेको हो।
यद्यपी युभेन्ट्सले यसअघि नै उपाधि जितेको थियो। उसले ३८ खेलबाट ९० अंक जोड्यो। दोस्रो भएको नापोलीले ७९ अंक बटुल्यो।
यता अन्तिम खेलमा सासउलोलाई ३–१ ले हराएर एटलान्टा च्याम्पियन्स लिगका पहिलो पटक छनोट भएको छ। उसले ६९ अंक जोड्यो। चौथो भएको इन्टर मिलानले पनि ६९ अंक जोडेर च्याम्पियन्स लिगमा स्थान बनायो।
एसिया मिलान ६८ अंक जोड्दा च्याम्पियन्स लिगमा छनोट हुन सकेन। रोमा पनि ६६ अंक जोडेर छैटौं स्थानमा सीमित हुँदा च्याम्पियन्स लिगबाट बन्चित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।