काठमाडौं– नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सोमबार गरेको बन्द आह्वानले देशका विभिन्न जिल्ला प्रभावित बनेका छन्।
आज बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तुसमेत फेला परेका छन्। करिब २३ वटा जिल्लामा बम तथा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।




राजधानीलगायतका विभिन्न सहर तथा राजमार्गमा सवारी चल्न सकेका छैनन्।
मकवानपुर, सुर्खेत, नवलपरासी गरी ५ स्थानमा विप्लव कार्यकर्ताले बस तथा ट्रकमा आगजनी तथा तोडफोड समेत गरेका छन्।
विप्लव कार्यकर्ताले गरेको तोडफोड तथा आगजनीबाट भएका क्षतिबारे विवरण आउन बाँकी छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।